गठबन्धन सरकारको जनतालाई महँगीको उपहार

गठबन्धन सरकारको जनतालाई महँगीको उपहार

गठबन्धनको सरकारले नेपाली जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको छोटो समयमै जनतालाई महँगीको उपहार दिएको छ । गठबन्धनको सरकारले विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान बनाएको छ । अहिले सरकारले इन्धनको मूल्यमा नयाँ कीर्तिमान नै कायम गरेको छ ।

इन्धनको मूल्य वृद्दिको कारण अहिले बजारमा हरेक सामानको भाउ आकाशिएको छ । यस्तो विषम परिस्थितिमा पनि राजनीतिक दलहरु तैंचुप मैचुप भएका छन् भने पहिला पहिला आन्दोलनमा उत्रिने विद्यार्थी संगठनहरु पनि मुकदर्शक बनेर बसिहेका छन् ।

चुनावहरुमा चैं गठबन्धन गरेर जनमत आफ्नो पोल्टोमा राख्ने सत्तारुढ दलहरु बजार मूल्यले आकाश छुनै लाग्दा मुखमा पानी हालेर बसेका छन् । नेपाल सरकारले सत्ता लोभमा परी जनताका दुःख पीडालाई बेवास्ता गर्दै पछिल्लो सात महिना भित्र दश पटक इन्धनको मूल्य वृद्दि गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको थियोे । शेरबहादुरको सरकार गठन भए यता पेट्रोलियम पदार्थको मूल्यमा एघार पटक वृद्धि भएको छ । २०७८ असार २९ मा शेरबहादुरले प्रधानमन्त्रीको सपथ लिँदा पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ, डिजेल प्रतिलिटर ११२ रुपैयाँ थियो भने खाना फकाउने ग्याँसको १४२५ रुपैयाँ प्रतिसिलिन्डर थियो ।

११७ रुपैयाँमा खरिद गरेको पेट्रोल १८० मा बिक्री गर्दा पनि नेपाल आयल निगल पेट्रोलियम पदार्थमा अझै घाटा रहेको बताइहरेको छ । विगतका वर्षहरु १,२ रुपैयाँ मूल्य वृद्दि हुँदा हतार हतार सडकमा टायर बाल्दै सरकारको विरोध गर्ने विद्यार्थी संगठनहरु पनि हराइरसकेका छन् ।

यस्तो विसम परिस्थितिमा नजिकको छिमेकी राष्ट्र भारतले इन्धनमा लाग्दै आएको कर घटाएर नागरिकलाई राहत दिइरहेको छ भने नेपालमा कर घटाउनु त परको कुरा, अझ आयल निगमले जनताको ढाड सेकिने गरी महँगोमा इन्धन बेचीरहेको छ । नेपाल सरकारले गरेको यस्तो नाफा कमाउने व्यवहारले सरकार भष्ट्रचारीहरुको मतियार हो भन्ने सत्यलाई सावित गरको छ । नेपाल सरकारको घिनलाग्दो प्रवृत्तिले जनता आजित भएका छन् । सरकारले पटक पटक जनताप्रति गरेका घातले गर्दा कुनै बेला आम सर्वसाधारण जनताहरु नै नै सडकमा आउन बाध्य हुने अवस्था श्रृजना नहोला भन्न नसकिने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार