उमाकुण्ड गाउँपालिकाले ल्यायो ६० करोड ५८ लाख ६३ हजारको बजेट

रामेछापको उमाकुण्ड गाउँपालिकाले पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि ६० करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले शुक्रबार गाउँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १०० रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । ७ वटा पालिका […]

यस्तो छ मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले १३ औं अधिवेशनमा नगर प्रमुख लब श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नु भएको हो । नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका र अन्तर्गतका कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधि मैत्री […]

रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ५८ लाखको बजेट

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपाध्यक्ष बाल कुमारी कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो । रामेछाप नगरपालिकाको संघ, प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान पुँजीगत, वित्तिय समानीकरण अनुदान, शशर्त अनुदान चालु, राजश्व […]

लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ५८ करोड ५० लाखको बजेट

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाले ११ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष केशव महतले नीति तथा कार्यक्रम र २०८०/८१ को लागी बजेट प्रस्तुत गर्नु भएको हो । अध्यक्ष महतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि पेशालाई व्यवसायिक र यान्त्रिकरणको गर्दै एक वडा एक उत्पादनको […]

गोकुलगंगा गाउँपालिकाको निती तथा कार्यक्रम सार्वजनिक

रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को निती कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का दिनेशले १३ औँ गाउँसभामा प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकाले धेरै पुरानै निती तथा कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । गाउँसभामा आगामी आर्थिक वर्षको बजेट […]

दोरम्बा शैलुङ गाउँपालिका २ को सबै बजेट सडक स्तरोन्नतीमा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ ले अगामी आर्थिक वर्षको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने भएको छ । आ.व २०८०/८१ को लागी वडामा संघिय सरकार तथा बाग्मती प्रदेश सरकारबाट बजेट नपरेपछि वडाको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने सहमती भएको हो । गाउँपालिकाको रणनैतिक तथा गौरवको आयोजनाको रुपमा रहेको गाल्बा दोरम्बा खोलाखर्क शैलुङ […]

रामेछापका स्थानीय तह नीति कार्यक्रम र बजेटको तयारीमा

रामेछापका स्थानीयतहहरु आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । संविधान अनुसार स्थानीय सरकारले आगामी असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने भएकाले यहाँका स्थानीयतहहरूले सोही अनुसार तयारी थालेका हुन । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जनप्रतिनिधिहरूले सरोकारवालासँग सुझाव लिएर नीति, तथा कार्यक्रम बनाएको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले […]

रामेछाप नगरपालिका–६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ६ ले चालु आर्थिक वर्ष २०७९/८० को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव प्रेम कुमारी पहाडीले जानकारी गराउनुभयो । वडाले आब २०७९/८० को […]

रामेछापमा १३२ केभीको सबस्टेसन सञ्चालनमा,विद्युत् आपूर्तिमा सुधार हुने

रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा […]

रामेछाप नगरपालिका-८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ८ ले चालु आर्थिक वर्ष २०७९/८० को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव दिपा बराल तामाङले जानकारी गराउनुभयो । वडाको संघ,प्रदेश र स्थानिय […]