५५ हजार बढीले अवलोकन गरे बृहत रामेछाप महोत्सव

५५ हजार बढीले अवलोकन गरे बृहत रामेछाप महोत्सव

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा आयाेजना गरेकाे बृहत रामेछाप महाेत्सव ५५ हजार बढी दर्शकले अवलोकन गरेका छ्न । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा मगरले भव्य रुपमा महोत्सव सम्पन्न भएको ईरामेछापलाइ जानकारी दिनुभयो । महोत्सवको आम्दानीबारे केही समयपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने उहाँले बताउनुभयो ।

अध्यक्ष थापामगरकाे अध्यक्षता र संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा आइतबार(आज) महोत्सवको समापन गरिएको हो ।

यहि पुस २६ गते सुरु भएको ११ दिने महोत्सव आैपचारिक रूपमा समापन भएकाे हाे । जुन उदेश्यका साथ महोत्सव सुरु गरिएको थियो सो उदेश्य पूरा भएको आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार