जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

नेपाली कामदारलाई जापान पठाउने १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको अनुमति पत्र निलम्बन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी रहेका छन् । विभागका महानिर्देशक मदन दाहालले जापानमा कामदार लैजान नक्कली कागजात पेश गरेको पाइएपछि यी कम्पनीलाई कारबाही गरिएको हो ।

उहाँकाअनुसार विभागमा उजुरी परेपछि गरिएको प्रारम्भिक अनुसन्धानमा नै ती म्यानपावरको संलग्नता देखिए पछि निलम्बन गरेर थप अनुसन्धान थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार