स्नेहा र श्रृष्टिले खुत्रुकेमा जम्मा गरिएको रकमबाट सडक मानवलाई भोजन

स्नेहा र श्रृष्टिले खुत्रुकेमा जम्मा गरिएको रकमबाट सडक मानवलाई भोजन

संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका समाजसेवी अन्जना जोशी एवम् श्रवण श्रेष्ठका दुई छोरीहरु स्नेहा र श्रृष्टिले अनावश्यक खर्च कटौती गरेर खुत्रुकेमा जम्मा गरिएको नेपाली दश हजार रकम सयौंको संख्यामा काठमाडौका विभिन्न सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोक रात बस्न बाध्य भएका गरीब, दुःखी, वृद्ध, शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरुलाई खाना खुवाउन सहयोग गरेका हुन् । उहाँहरुले कोरोनाको शुरुवाती चरणदेखी काठमाडौंका सडकमानवहरुलाई रात्री भोजन गराउँदै आएका रामेछापका युवा समाजसेवी, लेखक तथा अध्यात्मिक चिन्तक प्रदिप घिमिरे ‘अमूल्य’लाई खाना खुवाउन उक्त सहयोग रकम पठाएका थिए । हुने विरुवाको चिल्लो पात भनेझैं यी दुई नानीहरुले पछिल्लो पुस्तामा उदाहरणीय कार्य गरेका छन् । दुःखी, गरीबहरुलाई सहयोग गर्नुपर्दछ भन्ने बाल मानस्पटलमा गतिलो छाप रहेको छ उनीहरुमा । त्यसको गतिलो उदाहरण हन् स्नेहा र श्रृष्टिका आमा बाबु । आमा बाबुको असल संस्कार उनीहरुमा पनि रहेको छ ।

मानव मस्तिष्क तथा माटोमा जे रोप्यो त्यही अङ्कुरण हुन्छ, उम्रन्छ, हुर्कन्छ, बढ्छ, फूल्छ र फल्छ । स्नेहा र श्रृष्टिका बाबु श्रवण र आमा अन्जना कसैको दुःख पीडा देख्न सक्नुहुन्न । अप्ठ्योरोमा परेका हर कोहीलाई सहयोग गर्ने उहाँहरुको संस्कार नै रही आएको छ । स्नेहा र श्रृष्टिका बाबु श्रवण र आमा अन्जनाले पटक पटक दुःखी गरीबलाई भोजन गराउँदै आउनुभएको छ । भने केही दिन अगाडी मात्र भाइरल भएको समाचार पैसाको अभावमा रिक्सामा लास बोकेर पशुपति आर्यघाटमा ल्याएका पीडित परिवारलाई दश हजार सहयोग प्रदान गनुभएको छ । उहाँहरुले गर्नुभएको उदाहरणीय कार्यप्रति इरामेछाप डटकम हार्दिक आभार प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार