कोरोनाको नयाँ भेरिएन्टले चिन्ता बढायो : विश्व स्वास्थ्य सङ्गठन

कोरोनाको नयाँ भेरिएन्टले चिन्ता बढायो : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ बढी सङ्क्रामक गराउने बताएको छ । सङ्गठले कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर चिन्ता व्यक्त गर्दै यो भाइरस तीव्र गतिमा म्युटेट हुने हुँदा थप सङ्क्रामक भएको बताएको छ ।

यो भाइरस निकै तिव्र गतिमा र धेरै सङ्ख्यामा म्यूटेट हुने प्रजाति रहेको पनि सङ्गठनले चेतावनी दिएको छ । नयाँ फेला परेको कोरोनाको नयाँ स्वरुपको सुरुवाती प्रमाणको आधारमा यो थप सङ्क्रामक रहेको र यसले गम्भीर बिरामीलाई आफ्नो चपेटामा लिने गरेको पनि सङ्गठनले बताएको छ ।

ओमिक्रोन भाइरस पहिलोपटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको थियो । हाल दक्षिण अफ्रिकासहित बेल्जियम र इजरायमा समेत पुष्टि भइसकेको छ । नयाँ स्वरुपको कोरोना भाइरस फेला परेपछि विश्वका विभिन्न मुलुकले अफ्रिकी मुलुकसँगको आफ्नो उडानहरू रद्द गरेका छन् भने उनीहरूलाई अन्य मुलुक प्रवेशमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार