काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीमा कोरोना देखियो

पुर्वी नाका काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा सङ्क्रमण देखिएको छ । २० जनाको रिपोट भने नेगेटिभ अर्थात कोरोना नभएको आएको बिराटनगर स्थीत कोशी अस्पतालको कोरोना उपचार केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । […]

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै […]

रामेछापका ६४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म ५ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ६४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित २ जनाको […]

अब जोखिम देखिएका ठाउँ पूर्ण बन्द गरेर कोरोना परीक्षणको दायरा बढाउने

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ पूर्णरुपमा बन्द गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । हिजो बसेको सीसीएमसी निर्देशक समिति बैठकले बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार सङ्क्रमण […]

कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण वीरगञ्जम थप दुई जनाको मृत्युु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । वीरगञ्जमा ३५ र ६५ वर्षका पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो । वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो करिब […]

गत २४ घण्टामा दुइ सय ७४ जनामा कोरोना सङक्रमण , उपत्यकामा ४५ जना थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप दुइ सय ७४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको नियमित जानकारी गराउने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा दुइ सय २७ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । […]

दुई सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना रहेका छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि गत मङ्गलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना सक्रमित मध्ये १ जना सेनाका […]

नेपालमा थप २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि, निको हुनेको संख्या १४ हजार नाघ्यो

नेपालमा थप २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १९ हजार ४ सय ८३ पुगेको जानकारी दिनुभयो […]

यस्ता छन् खीर खानुका फाइदा

साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते विहिबार दुग्ध पदार्थबाट तयार गरिएको खीर भोजन गरी साउन पन्ध्र मनाईन्छ । वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ । यस्ता छन् खीर खानुका फाइदा असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई […]

उपत्यकाका ५३ सहित देशभर ३ सय ११ जना नयाँ सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो । देशभर पछिल्लो २४ घन्टामा ३ सय ११ जना नयाँ सङ्क्रमित थपिएका छन् […]