नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हिजो मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको छ । यससँगै कुल सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४घण्टामा १हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार