रामेछापका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज रामेछाप जिल्ला घर भएका तर हाल काठमाडौमै बसोबास गर्दै आएका थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय रामेछापले जानकारी दिएको छ । रामेछापको खाँडादेवी गाउपालिका वडा नम्बर ३ का २६ र ३८ वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो । उनीहरु हाल काठमाडौमै रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार