रामेछापका ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, जिल्लामा ३४ जना क्वारेन्टिनमा

रामेछापका ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, जिल्लामा ३४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका २७ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । मन्थली नगरपालिकाका २७ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित १६ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जिल्लामा हालसम्म १ हजार १ सय ८४ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसी अस्पतालमा ६१ , मन्थली नगरपालिकामा ४ सय ३ , रामेछाप नगरपालिकामा १५१ , उमाकुण्ड गाउँपालिकामा १३४, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरी १३ सय २९ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका ३४ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३४ जना क्वारेन्टिनमा रहेका छन । ७ जना महिला र २७ जना पुरुष गरी ३४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २ , मन्थली नगरपालिकामा ३ , उमाकुण्ड गाउँपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ५ जना गरी जिल्लाभर ३४ जना क्वारेन्टिनमा रहेका छन् । दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार