रामेछापमा गाउँपालीका अध्यक्ष सहित थप ६ जनामा कोरोना पुष्टि

रामेछापमा गाउँपालीका अध्यक्ष सहित थप ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा एक गाउँपालीकाका अध्यक्ष सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का, जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी , जिल्लामा कार्यरत एकजना ट्राफिक प्रहरी र मन्थली नगरपालिका वडा नम्बर २ का एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । ३३,३७,४३,३८र ४१ वर्षका ५ जना पुरुष र ३० वर्षका एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार