रामेछापका ४ जनाले जिते कोरोना, १२ जनाको उपचार हुँदै

रामेछापका ४ जनाले जिते कोरोना, १२ जनाको उपचार हुँदै

रामेछाप जिल्लाका ४ जनाले कोरोना भाईरस (कोविड १९) लाई जितेका छन । रामछाप नगरपालिका वडा नम्बर २ देउरालीका हरि दर्लामी मगर, कल्याण बोगटी,रमेश खड्का र विटु मण्डलले कोरोना भाईरसलाई जितेर आज घर फर्किएका छन । मगर, बोगटी र खड्का भारतबाट फर्किएका थिए । उनिहरु रामेछाप नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । भने मण्डल रामपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हुन । जनकपुर घर भएका उहाँ घरबाट फर्किएर रामपुरमा होम क्वारेन्टिनमा बस्दै आउनुभएको थियो । उहाँहरु सबैमा कोरोना पोजेटिभ देखिएको थियो । विना लक्षणको कोरोना संक्रमण देखिएको उहाँहरुलाई क्वारेन्टिनमै राखेर उपचार गरिएको र सबै जना संक्रमण मुक्त भएपछि आज घर पठाइएको रामेछाप नगरपालिकाका स्वास्थ शाखा प्रम्ुख विष्णु कार्कीले जानकारी दिनुभयो । अब रामेछापका १२ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । १२ जना मध्ये ३ जना होम आईसोलेशन , २ जना प्रहरी हिरासत र ७ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार