कोरोना उपचारबाट पन्छियो सरकार, परीक्षण र उपचारको खर्च अब आफैले व्यहोर्नुपर्ने

सरकारले कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णयपछि सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबार (हिजो) देखि नै लागू भएको हिजो नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको हो । संविधानको मौलिक हक र […]

रामेछापमा कोरोना संक्रमित संख्या २८६ पुग्यो,दशैं मनाउन गाँउ फर्किनेले जोखिम बढाए

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ६० जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

रामेछाप दोरम्बाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज २८ गते दोरम्बाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरि धुलिखेल अस्पतालमा पठाएका ४७ जनामध्ये १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । वर्ष ४१ का पुरुषमा कारोना संक्रमण पुष्टि भए लगतै उनलाई दोरम्बा […]

उच्च रक्तचापका बिरामीले थप सावधानी अपनाउनुस

सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको भन्दै नियमित […]

देशमा थप ३१६७ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उहाँले जानकारी दिनुभयो । […]

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको […]

रामेछापमा कोरोना संक्रमितको संख्या २७० पुग्यो, २५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको छ । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २९ जनामा गरी २ सय ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा आजसम्म […]

रामेछाप मन्थलीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकाबाट यहि असोज २३ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको ४३ जनाको स्वाबमा ४ जनालाई कोरोनो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेहरुमा राष्टिय वाणिज्य बैँक मन्थलीमा कार्यारत ३ जना कर्मचारी र मन्थली वचतमा […]

वाग्मती प्रदेशको कोरोना खर्च ४८ करोड २८ लाख

वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत पुँजीगत र चालु गरी ३४ करोड ६१ लाख रुपैयाँ खर्च गरिएको छ । मन्त्रालयले १३ करोड ६७ लाख रुपैयाँ स्थानीय तहहरुलाई निकासा गरेको छ । मन्त्रालयले गत असार मसान्तसम्ममा १८ करोड ८० लाख रुपैयाँ खर्च […]

रामेछापमा कोरोना संक्रमितको संख्या २६३ पुग्यो, ११२ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २६ जनामा गरी २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा […]