लक्षण देखिएमा तत्काल पीसीआर जाँच गराउन विज्ञहरूको सुझाव

लक्षण देखिएमा तत्काल पीसीआर जाँच गराउन विज्ञहरूको सुझाव

कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गर्दा विशेषज्ञ चिकित्सकहरूले कोरोनाका लक्षण देखिएमा तत्काल पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन् । सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिए तत्कालै पिसिआर परीक्षण गर्न सुझाव दिनुभएको हो । उहाँले कोरोना जस्ता लक्षण देखिए पिसिआर परीक्षणमा ढिला गर्न नहुने सुझाव दिनुभयो । डा.सुवेदीले सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइने हुनाले समयमै पिसिआर जाँच गराउनुपर्ने पनि बताउनुभयो । उहाँले समयमै पिसिआर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना बढी हुने भएकाले रोगको निदान गर्न पनि सहज हुने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार