देशका विभिन्न भागमा मौसम बदलीःमौसम विभाग
जलतथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुने बताएको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । विभागले आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण दैनिक जसो वर्षा भएको बताएको छ। […]