रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना सङ्क्रमण जोखिम अझै कायम रहेको भन्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अब पुस्तक पसल सहित अत्यावश्यक सामाग्री पाइने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गरी बिहान ५ः०० बजेदेखि १२ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गरी दनिक बिहान १०ः०० देखी दिउँसो २ः०० बजेसम्म सेवा प्रवाह गर्न पाउने छ्न । यसअघि घोषणा गरिएको लकडाउन आज मध्यरात १२ बजेबाट सकिदै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार