अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वि विद्यालयले दोस्रो लहरको कोरोना सङ्क्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको […]

काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखी निषेधाज्ञा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसल बाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने तयारी भएको हो । तर यस बारेमा औपचारिक निर्णय भने भैसकेको छैन । हिजो बसेको […]

२५ जना भन्दा बढी भेला नहुन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाका सार्वजनिक स्थल, विवाह,व्रतबन्ध,भोजभतेर,सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नको लागि जिल्लावासीलाई रामेछाप प्रशासनले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ […]

पहिलो चरणको खोपलगाएकालाई दोस्रो खोप दिइँदै

सरकारले आजदेखि नोबेल कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवाविभागको खोप शाखाप्रमुख डा झलकशर्मा गौतमले बताउनुभयो । पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ छ […]

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अरु भू–भागको मौसम सामान्यतया सफा रहने

आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही मुलुकको अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम प्रभावित हुने भएको हो ।अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।दिउँसो […]

हालको वायु प्रदुषणका असर र बच्ने उपाएहरु

बन जङ्गल डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा ठुलो मात्रमा जम्ममा हुदा वायु प्रदूषण झन कडा बन्दै गएको छ । बिगत ४ दिन यता नेपाल सहित एसिएन मुलुकमा बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।वायु प्रदूषण उच्च रहेकाले देशभर आकाश खुलेको छैन। देश भित्र राखिएका वायु प्रदूषणको सूचक हरेक घण्टा […]

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताउनुभयो । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड १९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर […]

मन्थली नगरपालिकाले १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्दै

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्ने भएको छ । नगरपालिकाका १४ वटै वडाहरुबाट कक्षामा सहभागी हुनको लागी ईच्छुक व्यक्तिले नगरपालिकामा सम्पर्क गर्न सक्ने मन्थली नगरपालिकाका सुचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो । लोकसेवाको तयारी कक्षामा महिला,आदिवासी,जनजाती […]

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नतिजा सार्वजनिक भएको जानकारी दिए ।   नतिजा सार्वजनिक गर्न बोर्डले सोमबार बिहान १० बजे बैठक बोलाएको थियो । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को […]

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन […]