देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानै घाम लागेको छ । मनसुन सक्रिय भएपछि गत बिहीबारदेखि देशका धेरै ठाउँमा झरी परेको थियो । हिजोसम्म पानी पारेको प्रणाली केही कमजोर बनेकाले आज बिहानै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार त्यो प्रणाली केही कमजोर बनेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा […]