स्मार्ट सवारी चालक अनुमती पत्रको नयाँ आवेदन खुल्यो

स्मार्ट सवारी चालक अनुमती पत्रको नयाँ आवेदन खुल्यो

गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी चालक अनुमती पत्रको नयाँ आवेदन हिजो देखि फेरि खुल्ला भएको छ । कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै यातायात व्यवस्था विभागले नया आवेदन बन्द गरेको थियो ।

नयाँ आवेदनको लागि वेबसाइटमा गएर पहिलाको जसरी नै व्यक्तिगत जानकारीहरु सहित भर्न सकिन्छ । सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ ।

आवेदकको पालो भने फर्म भरेको चार÷पाँच महिनापछि मात्रै आउँनेविभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । कोरोनाको कारण सवारी चालक अनुमति पत्र लिने प्रक्रियामा पनि असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार