आजदेखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्कोे भनाइ

आजदेखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्कोे भनाइ

आज देखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । गत आइतबारदेखि देशभरी नै झरी पारेको प्रणाली नेपालबाट बाहिरिएकाले अब कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चार दिन झरी पारेको प्रणालीको थोरै जलवाष्पयुक्त हावा बाँकी रहेकाले देशका थोरै ठाउँमा भने आजपनि पानी पर्नेछ । तर ठूलो वर्षाको सम्भावना भने कतै नरहेको उहाँको भनाइ छ । आज दिउँसोप्रदेश १, बागमती र गण्डकी प्रदेशहरुका थोरै स्थान र बाँकी प्रदेशहरुका एकदुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार