रामेछाप नगरपालिकामा राष्ट्रिय परिचय पत्र वनाउने अभियान सुरु

रामेछापमा अहिले राष्ट्रिय परिचय पत्र वनाउने अभियान चलिरहेको छ । मन्थली नगरपालिकाबाट सुरु भएको अभियान मन्थली नगरपालिकाको १४ वटै वडामा सम्पन्न भएर आजदेखी रामेछाप नगरपालिकामा सुरु भएको हो । आज रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम भैरहेको छ । भोलिदेखी बाँकी सबै वडाहरुमा परिचय […]

रामेछाप नगरपालिकाले आमाबाबु विहिन बालबालिकालाई भत्ता दिने

रामेछापको रामेछाप नगरपालिकाले आमाबाबु बिहिन बालबालिकालाई मासिक २ हजार भत्ता उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारबाट स्वीकृत आर्थिक बर्ष ०७९÷८० मा कार्यान्वयन हुने सशर्त कार्यक्रम अन्तर्गत प्रति बालबालिकालाई २ हजार का दरले भत्ता उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार […]

जिल्ला प्रशासन कार्यालय रामेछापमा निःशुल्क अनलाइन फाराम भर्ने ब्यवस्था

जिल्ला प्रशासन कार्यालय रामेछापले राहादानी लिन आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्धेश्यले निःशुल्क अनलाइन फाराम भर्ने सुविधा उपलव्ध गराएसँगै नागरिकमा खुशी छाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्रहीको सुविधानको लागि पहिलो पटक प्रशासन कार्यालयभित्रै राहदानी फर्म निःशुल्क भर्ने ब्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी बनाउन आउने सेवाग्राहीको लागि छुट्टै कक्ष र […]

रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने काम सुरु

रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने कामको बुधबार बाट सुरु गरीएको छ । मन्थली नगरपालिकाका १४ वटा वडामा परिचय पत्रका लागि खटाइएको टोलीले एकै साथ काम थालेको हो । बुधबार सवै वडा कार्यालय र तोकिएको अन्य स्थानमा सर्वसाधारणहरुले परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम थालेका छन् । प्रमुख जिल्ला अधिकारी शोभाखर […]

रामेछापमा राती ९:३० बजेपछि मात्रै मतगणना सुरु हुने

आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आज रातीदेखि गर्ने तयारी थालिएको छ । भर्खरै सम्पन्न सर्बदलिय बैठकले राती ९:३० देखी गर्ने सहमति जनाएका छ्न । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा हिजो सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।

रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने

हिजो भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना आज साझँबाट गर्ने तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार अहिले सर्बदलिय बैठक बस्ने तयारी भैरहेको छ । बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु हुने उहाँले बताउनुभयो । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनिहरु थकित रहेको […]

रामेछापमा निर्वाचनका लागि उच्च सुुरक्षा सतर्कता

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा रामेछापमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धादलीरहित बनाउनका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जिल्लामा संवेदनशील मतदान स्थलको वर्गिकरण, सोही अनुसारको सुरक्षा योजना बनाएको, निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र […]

भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको रामेछाप प्रशासनको दाबी

प्रदेश, प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि रहेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसहित अघिल्ला निर्वाचनहरूमा झडप भएका क्षेत्रका मतदाता त्रासमा छन् । रामेछाप प्रशासनले भने शान्तिपूर्ण तवरले मतदान सम्पन्न हुने भएकाले ढुक्कका साथ निर्वाचनमा सहभागि हुन आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जिल्लामा […]

रामेछापमा निर्वाचनमा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण

रामेछापमा आसन्न मंसिर ४ गतेको निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमुुखीकरण गरिएको छ । निर्वाचनको दिन ,मतदान कार्य भइरहेका बेला र  त्यस बेलाको अवस्था पर्यवेक्षण गर्दा अपनाउनुपर्ने पक्षबारे पर्यवेक्षकलाई अभिमुखीकरण गरिएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा रामेछाप जिल्लाका ८ वटै पालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अनुुशिक्षण प्रदान गरिएको हो । नियोग रामेछापका अध्यक्ष बद्रि नयाँघरेले […]

आसन्न निर्वाचनलाई लक्षित गर्दै रामेछापमा मदिरा बिक्री वितरणमा रोक

रामेछापमा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गर्दै मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको जनाएको हो । निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपसार, विक्री वितरण […]