स्टकोट र बा !
रातो माटोले पोतिएको घरको भित्तो गोवरले लिपिएको मझेरी कुनामा पुतपुताईरहेको अगेनो धुवाँले काला भएका घरका दलिन र निदाल निदालमा ठोकिएको काँटी काँटीमा झुण्डिरहेछ, त्यो बूढो स्टकोट । गरिबीले छपक्कै छोपेपछि साहुको ऋणको भारले थिचेपछि जसरी मेरा बाको निदार खुम्चिएको छ, हो, त्यसैगरी मुजा परेको स्टकोट सायद, स्टकोट पनि भोको छ बाले राखेका केही थान कागजहरुको […]

