सिल्खु खाेला

सिल्खु खाेला

देवशंकर पौडेल 

सिल्खु खोले निला ढुङ्गा, हरियाली फाँट ।

भौगर्भिक अध्ययन, गर्ने छाँटकाँट ।।

सुनजस्ता पहेंला र कोङ्लोमेरेट अनि ।
अनेकानेक् चट्टानको रुपरंग पनि ।।

यो खोलाका ढुङ्गाहरू अचम्मका देखें ।
पर्खेजस्तो भूगर्भका पण्डित् भनि लेखें ।।

घिन्ताङ् घिन्ताङ् मादल् बाजा, डम्मरू डिम्डिप ।
खैंजडीको ढ्याप ढ्याप ठेकी कुँद्ने सीप ।।

श्रम सीप संयोजक भोज वि।क। दाई ।
च्युरीडाँडा, रयाल्टार, होक्से, चिप्लिङ् आई ।।

रातो सेतो दार अनि, कटहर बोकी ।
पानी झारी फिर्रफिर्र सिङ्माङ, हर्पे, ठेकी ।।

सिल्खु कुला मुहानमा, प्राकृतिक झ्याल ।
फैलावट, पुनाटार, फेदिगुठे प्वाल ।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार