चन्द्रावती ! एकदमै नाम चलेकी नारी। उनी आफ्नो निवासबाट बाहिर निश्कने साथ कार्यालय हाकिमहरूको नशानशामा उत्साहको सञ्चार भरिन्थ्यो । उनको तारिफ्मा गफको सिङ्गौरी चल्थ्यो । एकछिनको रस्साकस्सी पछि अलिक शान्त हुँदै सबै जना आ–आफ्ना निवासतिर लाग्थे।
सल्लक ज्यान परेकी, गोरी, सिँगारिएर धपक्क बलेकी उनी देख्दै मान्छेको मनमा काउकुतीलेभरिन्थ्यो तर उनीकुरौटे खालकीथिइन् । उनी सबैसँग हिकेर गफ गर्दथिन् । जिल्लाकै नाम चलेका कार्यालय प्रमुख जति सबै उसका दाहिने थिए ।
आज पनि हिजो अस्ती जस्तै हाकिमहरू बीच बजार शनीको रुखको चौतारीमा भेला भए अनी गफ् चुट्नथाले उनै चन्द्रावतीको ।
उनीहरू उनकै प्रतिक्षा गर्दै थिए । उनी चौतारीमा निस्किएपछि एकछिन उनीसँग जिस्कने र मनमा चलमलाएको जवानीको किरा मारेर फर्कने सुरमा थिए । प्रत्येक दिन जसो अफिस जाने र फर्कने बेला चौतारोमा जम्मा भएका हाकिम–अधिकृतहरू उनलाई बीचमा राखेर गफ चुट्न तछाड–मछाड गरेको देखिन्थ्यो ।
भौगोलिक विकटताका कारण खानेपानीमा थोरै समस्या थियो यो सदरमुकाममा । केही मात्रामा विद्यार्थीहरू, तल्लो तहका जागिरे बाहेक महिलाहरूको उल्लेख्य गतिविधि थिएन । केहीको बाहेक धेरै जस्तो हाकिमहरूले परिवार ल्याएका थिएनन् । कुनै कार्यालय एकाध घण्टा चल्थ्यो भने कतिमा त काम नै हुँदैन्थ्यो । यस सदरमुकामको धेरै जस्तो कार्यालय बीच बजार र थोरै–थोरै सिरान क्षेत्रमा केन्द्रित थिए ।
बीच बजारमा एक फराकिलो चौर थियो । चौरको बीचमा समीको रुख थियो । शनीको रुख बरिपरी ढुङ्गामाटो जडान गरी चौतारो बनाइएका थिए । विशाल रुखको हाँगा चारैतिर फैलिएका कारण रुखको फेद अन्यन्तै सफा, सुन्दर र फराकिलो देखिन्थ्यो ।
चौर नजिकै आर्मीको ब्यारेक थियो । ब्यारेकमा एकजना पनि केटी थिएन । अरू हाकिम र अधिकृतहरू जस्तै ब्यारेकका केही ठूला अफिसरहरू चौतारमा उक्लन्थे ।चार पाँच कम चिया पिउथे । सरकारको आलोचना गर्थे । आ–आफ्ना स्वास्नी छोराछोरीको तारिफ् गर्थे । चन्द्रावतीसँग गफैमा भए पनि मनका इच्छा पूरा गर्थे । मुखको चिलाइ मेट्थे । यो जिल्लामै उनी बाहेक महिला विकासको कर्मचारी कोही थिएनन् ।
उनी सामान्य कर्मचारी हुन् तर उनको प्रभाव जिल्ला भरी नै थियो । उनको उठबस जिल्ला भरीकै कार्यालय हाकिम र जिल्लामा नाम चलेका राष्ट्रिय नेताहरूसँग थियो । नयाँ आउने हाकिम, अधिकृतहरू शुरुमै उनलाई भेट्न पुग्दथे ।
ठाउँ अनुसारको पहिरन लवाई उनको बोलीचाली एकदमै सभ्य थियो । बत्तीस पैतिस वर्षको उमेर भए पनि उनी निकै फरासिली र रसिली थिइन् । उनको बैँसको हाँगाविँगाहरू थोरै झोल्लिए पनि खस्किएको थिएन । नयाँ आएका ठिटाखाले हामिकहरू त उनलाई देख्ने बितिकै काँच्चै निलौलाझैँ गरेर वरपर झुमिन्ने गर्दथे ।
महिला विकास कार्यालयमा उनी काम गर्दथिन् । उनको काम महिला विकास समितिमा भए पनि नजिकै कार्यालयहरू भएका कारण प्रत्येक दिन जसो सबै कार्यालयतिर धाउथिन् । प्रत्येक दिन हाकिम तथा अधिकृतहरूको दर्शन गरेर हिड्थिन् । कसैले चिया खाजा खाउ भन्दा नाइनास्ती गर्दैनन्थिन् । केही काम अह्राए गर्दिन्थिन् । त्यति बेरै कोठातिर जाउँ भने पनि हार्दैनन्थिन् । यतिखेर आउनु है भनेर समयदिए उनी समयमै पुग्दथिन् । आत्मीतापूर्ण र भरपर्दो खालको थियो उनको सेवा ।
नजिकै केही भट्टी पसल थिए । खरीदार सुब्बाहरू बेल्की भए पछि भट्टीतिर लाग्थे । उनीहरू भट्टीमा बसेर चन्द्रावतीले त हाकिम र अफिसरहरू बाहेक अरूलाई त पत्याउदापनि पत्यादैन थिइन् । उनीहरूले जति टिका–टिपणी गरे पनि बाहिर बजारमा उनको पेशा चरित्र माथी कसैले औला ठड्याएको भएन ।
चन्द्रावती आफ्नो अफिसको हाकिमलाई एकदमै माया गर्थिन् । उनी काम गर्ने कोठा नजिकै थियो हाकिमको कोठा । उनी कार्यालय हुँदा जहिल्यै हाकिमको रुम छिर्थिन ।मौसम अनुसारको फलफूल लगिदिन्थिन् । आँप, जुनार, सुन्तला, आटी जस्ता फलफूल धेरै जस्तो समय उसको हातमा हुन्थ्यो ।
‘सर ! अझैँ ढोका बनाउनु भएको छैन ?’ अधिकृतकोरुमपुग्ने साथ प्रश्न थियो उनको। ‘हेरन काम गर्ने मान्छे नपाएर बनाउनै पाइएन ।’
उसको हातमा भर्खरै मात्र बजारबाट किनेर ल्याएकोे एक पोको सुन्तला थियो । सुन्तला टेबलमा राख्दै उनले भनिन् – ‘ढोका निकै कच्ची छ । बाहिरबाट धेरैलेचिह्याइरहन्छ ।’ नसाले लठ्ठ परेको अधिकृतले यो कुरा सुनेर पनि नसुने झै गर्यो । उसलाई पनि के थियो र ? त्यसको दुष्परिणाम उसले भन्दा बेसी अधिकृतले नै भोग्नुपथ्र्यो ।
उनीहरू जिस्कन थाले । अधिकृतले पहिले नै कार्पेटमाथि ओछ्यान लगाएको थियो । उनीहरू ओछ्यानमाथि यौनमा लिप्त भए । यौनमा लिप्त भएकै बेला चन्द्रावतीले भनिन् –‘सरलाई अफ्टेरो भएको जस्तो छ, सोफामाथि ओछ्यान लगाएको भए हुन्थ्यो नि ! घुडा नि दरफरिएछ ।’ अधिकृतलाई माया देखाउदैथिइन् उनी ।
‘सोफा पुरानो भै लिएछ । तिमीलाई थाहै छ, अस्ती नि त्यसको आवाज बाहिर तलमाथि सबैले सुनेर जग हसाइदियो ।’ लाचारी जनाइरहेको थियो ऊ ।बरू ‘तपाईलाई निकै अफ्टेरो भइरहे जस्तो छ । यी राख्नोस् सिरानी !’
एकछिनको विश्रामपछि चन्द्रावतीको टाउको र नितम्बमुनी सिरानी राखिदियो उसले । उसका जनेन्द्रियहरू झन् एकदमै सक्रिय बन्यो । जति ऊ सक्रिय बन्यो चुरा र पाउजु बजेर छिर्लिङ्–छिर्लिङ्को आवाज बढ्न थाल्यो ।
केहीबेरको समागम पछि उनीहरूले लुगा लगाए । ‘सर ! जान्छु’ भन्दै चन्द्रावती बाहिर निश्कन खोज्दै थियो अधिकृतले उसको हातमा दुईं सय रुपैँया थमाइदियो । पैसा सामातेर उनले मनमनै भनिन् – ‘घुस खाएको पैसा त हो केही फरक पर्दैन ।’
यस्तै गरी उनी दैनिक जसो हाकिमहरूको कोठातिर धाउथिन् । बिस्तारै नेताहरूको बिस्तारासम्म पुग्न थालिसेको थियो ऊ ।जिल्ला सभापति दाहिने भइसकेका थिए भनेकेन्द्रबाट आउने नेताका पनि प्यारीबनिसककी थिइ उनीे ।
माघ महिना थियो । बिहानैदेखि सिमसिमे पानी परिरहेको थियो । आज चन्द्रकला बाहिर निश्केर चौतारीमा कोही आउछन् कि भन्दै हेर्दै थिइन् । सिमसिमे पानीका कारण चौतारीमा अधिकृतहरू कोही आएका थिएनन् ।
उनको चियोचर्चो नजिकैको चौतारी पारी बस्ने मास्टर्नी गर्दै थिए । उनीहरू दिदीबहिनी बस्थे । दिदीले भनिन् – ‘हेर न, अधिकृतहरूले नपुगेर नेता पनि पट्याइसकेछ ।’ बहिनीले पनि उतै हेर्दै ‘हो मा हो’ मिलाई ।
आज उनी नौ बजे निश्केकी थिइ । सदा साढे नौ बजे निश्कने उनी किन आज नौ बजे निश्केकी होलिन् भनेर चियो गर्ने नै भइ गए । चौतारीमा कोही अधिकृत नदेखे पछि उनी लुसुक्क सभापतिको क्वाटर छिरिन् । शायद पहिले नै तय भइसकेको थियो यतिखेर आउने भनेर । यस अघि यसरी लुसुक्क सभापतिको क्वाटरमा पसेको नदेखेको उनीहरूले एकोतार क्वारक्वार्ती त्यतातिर हेरेर आँखा झिम्क्याएनन् ।
मास्टर्नी बूढीकन्या थिए । उसको बहिनी त्यस्तै अठ्ठाइतीस वर्षकी हुँदी हो । पहिले–पहिले अधिकृत भन्दा तल्ला स्तरका कर्मचारीहरू रातसाँझ उनीहरूकैमा देखा परिरहन्थे । बूढीकन्या दिदीले गर्भ फाले पछि र बहिनी बनका पियनसँग दश–पन्द्र दिन सँगै डुल्न गएर फर्के पछि दुबै यस मामिलामा निकै सर्तक थिए ।
चन्द्रावती सभापतिको आवासभित्र पस्नेबितिकै रतिराग भरियो दुबैको मनमा । आफ्ना जनेन्द्रियहरू चन्द्रावती र सभापति बीच हुन सक्ने गतिविधि, लीला, क्रीडाको काल्पनिक उत्सुकताले अभिभूत भयो । दुबैको मुखबाट र्याल निश्कन थाले । मुख खरपट्ट सुक्यो होला शायद छिटो–छिटो थुक घुटुक्क निल्दैथिइन् । दुबैको यौन क्षरीय रसगन्ध आफै बग्न थालेको अनुभूति हुन्थ्यो । उनीहरू आफ्नो तीग्रा थरथर कपाउदै थिए । दुबै कामुकताले अभिभूत देखिन्थे ।
ती दिदीबहिनी बस्ने गरेको संगै थियो सभापतिको क्वाटर । उनीहरू सभापति बस्ने क्वाटरभित्रको गतिविधि, आवाज सुन्न र चिहायर हेर्न औधि उत्सुक थिए तर भौतिक दुरीका कारण त्यो पूरा हुन सक्दैन थियो । नजिकै भए पनि त्यस्तो गतिविधि गर्नु राम्रो हुने थिएन ।
एकैछिनमाउनीहरूको यौन गतिविधि सुरु भइसकेको थियो । हेर्दैमा एकदमै बलियो र रिष्टपुष्ट थियो सभापति । अघिपछि अरू अधिकृतलाई आच्छुआच्छु पार्ने चन्द्रकला आज सभापतिसँग पानीपानी बनेर स्वाँफ्वाँ गर्दै थिइन् । उनको लामो लामो स्वास र मसिनो बोली उनीहरू बसेको ठाउँसम्म आइपुगिरहेको थियो ।
निकै बेरको कसरतपछि थकित र सन्तुष्ट मानसिकता लिएर उठिन् । उनी आफ्नो नग्न शरीरसँग लजाउदै हतारहतार कपठा लगाइन् । यतिनैखेर सभापतिले सोध्यो – ‘तिम्रो श्रीमान् के गर्दै छ अचेल ?’
‘के गर्नु र सर । अचेल उहाँ धेरै रक्सी पिउनु हुन्छ ।’
‘धेरै भनेको कति ?’
‘धेरै भनेको धेरैनै । कति कति ? जहिल्यै बेहोस हुने गरी खानु हुन्छ । अव कती भन्ने ? लिमिटेड छैन । जहिल्यै बेहोस अवस्थामा सुत्नु हुन्छ । उहाँसँग मेरो सम्पर्क र उठबस छैन ।’ उनले भनिन् ।
‘लोग्ने किन चाहियो उठबस गर्न । हामी छौ नि त ।’ फेरी जिस्कने मुडमा भन्यो उसले । धोतीको सप्को माथी काधमा हाल्दै हल्का लजाइन् । मनको लज्जामा तिरोभूत भै रहेकी थिइन् उनी । ‘अव जान्छु सर’ उनले नमस्कार गर्दै हिड्न लागिन् । एकपटक सभापतिले कोरली पोथीलाई एक्कासी झम्टिएझैँ झ्याप्प अंगालोमा लिएर ओठको चुम्बन लियो उसले । उनी एकपटक डल्लो पर्दै पग्लिइन् । कसोकसो गरेर पुत्किइन् र कपडा मिलाउदै कोठातिर लागिन् ।
एकदिन राष्ट्रिय सभा अध्यक्ष केन्द्रबाट आए । घर यतै भएको हुँदा आउजाउ पनि नहुने कुरै भएन ।चन्द्रावती आज निकै खुसी थिइन् । सधैँ जस्तो अधिकृतहरूको कोठा धाउने उनी आज अध्यक्ष बसेको कोठामा थिइन् ।
सबै ढोकाझ्याल डामडुम्म लगाइन् । एउटा सानो खुलेको झ्यालबाट थोरै प्रकास छिरेको थियो कोठामा । उनी त्यही प्रकासको साहारामा अध्यक्षलाई बिस्तारै निर्वस्त्र बनाउदै थिइन् । ओठ, हात र संवेदनसिल अंगलाई मधुरसले भिजाउदै थिइन् । बिस्तारै खाटको चुँइक्कचुँइक्क, पाउजु र चुराको छिर्लिङ्ग विर्लिङ्, ओठ र गलाको मसिनो चित्कारसँगै उनीहरू समागमको मघुर महोत्सवमा मुखरित भए ।
दिवा समागम एकदमै आन्दकारक थियो । उनीसमागम सक्किए पछि जुरुक्क उठिन् । कपडा मिलाइन् ।मुख धोइन् । कोठातिर लागिन् । यस्तै–यस्तै गरी उनी जिल्लामा निकै परिचत हुँदै गइन् । अधिकृतहरू र नेतृत्वहरूको सच्चा साथी बनिन् । उनीहरूको बैँसको प्यास मेटाइदिन् र मोजमस्तीमै रमाइन् । उनको कामुम स्पर्शबाट सबै आएका अधिकृत र नेताहरू अभिभूत रहे ।
उनको लुकिछिपी चल्ने चर्तिकला बिस्तारै झाङ्गिँदै जान थाल्यो । उनी धेरै जस्तो जागिर भन्दा नि रसरङ्गमा बिताउन थालिन् । मानिसहरूले पनि अव बजारमा उनको कुरा काट्न थालिसकेको थियो । उनी अव यो सदरमुकामनै अन्तै सार्न पाए पनि हुन्थ्यो भन्ने कसरतमा लाग्न थालिन् । बजारियाहरूको कर्के नजर, पिठ्यूपछाडि कुरा काट्ने र गिल्ली गर्नेहरूको बिगबिगीका बाट छुट्कारा पाउनको लागि सदरमुकाम नै सार्ने योजना बनाइन् ।
एकदिन बिहानै बजार चोक र अफिस सबैतिर हल्ला चल्यो – सदरमुकाम अव सर्दै छ रे भन्ने । मान्छेहरू जम्मा भए । जिल्लाका सबै हाकिमहरू कुम्लोकुटेरो बोकेर ठिक्क परिसकेको थिए। मान्छेहरूले बिरोध जनाए । माथिको आदेश भन्दै प्रशासन सबै खन्याए । लाठी चार्ज गरे । धेरैलाई घाइते बनाए । अन्तत सदरमुकाम सारेरै छाडे ।
सदरमुकाम सरेपछि बीच बजारको चौतारो खाली भयो । मान्छेहरूको चहलपहल रोकियो । एक नारीले कति सम्म गर्न सक्छन् भन्ने कुरा पौराणिक कथाहरूमा पनि छन् । उपन्यासहरूमा र विश्वमा महान् पुरुषहरूको जीवन गाथामा नपढेको पनि होइन तर यहाँ प्रत्यक्ष देखिएको थियो ।
यौन मनोविज्ञानमा आधारित लेख चन्द्रावती ।
लेखक : विनोद कुमार श्रेष्ठ, रामेछाप ।।