२८ औँ विश्व आदिवासी दिवस मनाइँदै

आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस मनाइँदैछ ।विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना […]

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ मा मनोनयन दर्ता हुने

निर्वाचन आयोगतले आगामी मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका तयार पारेको छ । आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । २३ गते निर्वाचनमा उम्मेदवारी दिनेले आफ्नो मनोनयन दर्ता गराउन पाउने छन् । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ […]

माथिल्लो तामाकोसीको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा रामेछापका एक युवक बेपत्ता

माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा एक युवक बेपत्ता भएका भएका छन् । बेपत्ता हुनेमा रामेछाप उमाकण्ड गाउँपालिका–१ वाल्दिङका २८ वर्षीय रमेश बस्नेत रहेको प्रहरीले जनाएको छ । लप्चीमा निमार्णाधीन नासा हाईड्रोमा कार्यरत उनी बोटिङ गरेर तर्ने रुखको हाँगा भाचिएपछि बाँधमा फाल हालेका थिए । ९ जनाको समूहमा बोटिङ गरेका उनी बाँधमा […]

रामेछापको साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा

रामेछापको पूर्वी सिमाना पर्ने साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन आइतबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ । मन्थलीदेखि साँघुटार पुर्‍याइएको ३३ केभी प्रसारण लाइनलाई उक्त सबस्टेसनमा पुर्‍याएर चार्ज गरिएको वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले बताउनुभयो । साँघुटार सबस्टेसनमार्फत रामेछाप जिल्लाको पूर्वी […]

रामेछाप प्रहरीको विशेष अभियानः मोटरसाइकल चोरी गर्ने २० जना पक्राउ

रामेछाप प्रहरीले चोरीको मोटरसाइकल तथा चोरीको मोटरसाइकल प्रयोग गर्नेलाई नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय रामेछापले संञ्चालन गरेको एक हप्ताको विशेष अभियानमा जिल्लाको विभिन्न ठाउँहरुबाट चोरी भएको मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको हो । बाग्मती प्रदेश ०२०३३ प ३९४५,बाग्मती प्रदेश ०२०२२ प ३५२०, बाग्मती प्रदेश ०२०१५ प ५४७८ र प्रदेश ३०२०२९ प ९६१२ नम्बरका मोटरसाइकलहरु सहित […]

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रामेछाप कार्यसम्पादनको आधारमा उत्कृष्ट भएको छ ।गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुशार ६८ वटा परिसूचकहरूमा ९० प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रामेछाप उत्कृष्ट भएको हो । कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति […]

रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थागित

रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनि सभाको निर्वाचनको मिति घोषण भइसकेकाले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदपा (२) को खण्ड (२) अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो […]

भर्खरै घोगा लाग्दै गरेको मकै ढल्दा रामेछाप पालेवनका किसान चिन्तित

निरन्तर केहि दिन परेको पानीले मकै बालीमा क्षती पुर्याउँदा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ पालेवनका किसान चिन्तित बनेका छन । भर्खरै घोगा लाग्दै गरेको मकैको बोट ढल्दा यहाँका किसान चिन्तित बनेका हुन । केहि दिन अघि परेको फेरीले मकैको बोट सबै ढलेको कृषक विष्णु महताराले बताउनुभयो ।“यस वर्ष मकैको घोगा पनि राम्रो लोगेको […]

अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने,यदि छाडा छोडेमा कारबाही हुने

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयले सुचना जारी गरेको छ । वडा कार्यालयले जारी गरेको सुचनामा स्थानियले पाल्दै आएको घरपालुवा जनावर,पशुपंक्षी लगायत घर निर्माणका लागी सडक छेउछाउमा राखिएका निर्माण सामग्रीहरु एक हप्ता भित्र हटाउन भनिएको छ । […]

ओखलढुंगाको नवलपुरमा रामेछाप बस्दै आएका चौधरी मृत फेला

ओखलढुंगाको चम्पादेवी नवलपुरमा मकवानपुर घर भएका तर रामेछापमा बस्दै आएका एक पुरुष मृत फेला परेका छन् । मंगलबार साँझ ओखलढुंगाको चम्पादेवी गाउँपालिका २ नवलपुरस्थित सुनकोशी नदिको किनारमा मकवानपुरका घर भइ हाल रामेछाप बस्दै आएका ३१ बर्षीय गोपाल चौधरी मृत फेला परेका हुन् । नदि किनारमा शव फेला परेको जानकारी पाउनासाथ प्रहरी चौकी पलापुबाट प्रहरी टोली […]