रामेछापका पत्रकारलाई अनलाईन प्रविधिमा आधारित तालिम

रामेछापका पत्रकारलाई अनलाईन प्रविधिमा आधारित तालिम

रामेछाप जिल्लामा रहेर पत्रकारीता गरिरहेका क्रियासिल पत्रकारहरुलाई अनलाईन प्रविधिमा आधारित तालिम दिइएको छ । रेडियो,अनलाईन र पत्रिकामा कार्यरत विभिन्न पत्रकारहरुलाई तालिम दिइएको हो ।

नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाको सहयोगमा तालिम दिइएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले बताउनुभयो ।

उक्त तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले जिल्लामा संचालित मिडियाहरुको लागी आवश्यक सहयोग गर्न मन्थली नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा विधि र पद्धतीमा रहेर गर्न पनि आग्रह गर्नुभयो ।

यसैगरी सोही कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले बाग्मती प्रदेश पत्रकार महासंघको सहकार्यमा भएको यस तालिमले रामेछापका पत्रकाहरुलाई प्रविधिमैत्री बन्न सहयोग पुगेको बताउनुभयो । उहाँले पत्रकारहरुको क्षमता विकासमा महासंघले सधै सहयोग गर्ने बताउनुभयो ।

रामेछाप जिल्लामा धेरै पत्रकारहरु क्रियाशिल रहको पाइएको भन्दै उहाँले पत्रकारहरुले जिम्मेवार भएर काम गर्नुपर्ने समेत बताउनुभयो । बाग्मती प्रदेशका धेरै पत्रकारहरुको दुर्घटना बिमा गरिएको भन्दै उहाँले अब छिटटै पत्रकारहरुलाई समाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइने बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानिय तहहरुले विभिन्न संचारमाध्यममा विज्ञापन वापतको रकम दिँदा एकरुपता कायम गर्नुपर्ने उहाँको भनाई छ । ५ दिन सम्म संचालन भएको तालिमा अनलाइन संचार माध्यमसँग सम्बन्धित विभिन्न प्राविधिक कुराहरु सिकाइएको थियो ।

तालिममा रामेछाप जिल्लामा क्रियासिल करिव २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । रामेछापमा हाल ९ वटा रेडियो,८ वटा पत्रपत्रिका र १५ वटा अनलाइन संचालनमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार