भदौ मसान्तसम्म लामो दूरीका गाडी, आन्तरिक उडान र सीमा नाका बन्द रहने

सरकारले लामो दूरीका गाडी, आन्तरिक र अन्तर्राष्ट्रिय उडान र सीमा नाका भदौ मसान्तसम्म बन्द गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणनियन्त्रणमा नआएपछि सरकारले भदौ मसान्तसम्म कुनैपनि यायाता नखोल्ने र स्ीमा बन्द गर्ने निर्णय गरेको हो । हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई र सथल यातायात भदौ १५ बाट खोल्ने सकिने यसअघिको निर्णयलाई पुनःविचार गर्दै भदौ […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना महिला र १० पुरूष रहेका छन् । ४ महिला सुनसरी, बारा, महोत्तरी […]

रामेछाप मन्थलीमा कुकुरको आतंक,एकै दिन १४ जना घाइते

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कुकुरले […]

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने […]

१४ दिनपछि कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न कोभिड अस्पताललाई सरकारको पत्राचार

सरकारले देशभरीका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ । कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको हो । सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा […]

लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष विरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता

रामेछापको लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष गोबिन्द वहादुर खड्का विरुद्ध फेरी जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । गाउंपालिकामा कार्यरत स्वास्थ्यकर्मी युवतिले अध्यक्ष खड्काले आफ्ु विरुद्ध करणी गरेको अभियोगमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक वशन्त पाठकले जानकारी दिुनभयो । प्रहरीले दुवैलाई स्वास्थ्य परिक्षण समेत गराई सकेको छ । […]

विश्वभर सङक्रमणमुक्त हुनेको सङख्या उत्साह जनक

विश्वभर कोरोना भाइरसको सङक्रमणमुक्त हुनेको सङख्या उत्साहजनक देखिएको छ । सङक्रमण भएका मध्ये आधाभन्दा बढी सङक्रमणमुक्त भइसकेका छन । अहिलेसम्म एक करोड ६६ लाख मानिस सङक्रमणमुक्त भएको विश्व स्वास्थ्य संगठनले जवनाएको छ । दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार सङक्रमणमुक्त भएका छन । सबैभन्दा धेरै ५९ लाख […]

आज पनि सरकारले नेपालीका लागि उद्धार उडान गर्दै

सरकारले आज पनि विदेशमा रहेका नेपालीका लागि उद्धार उडान गर्ने भएको छ । आज माल्दिभ्स, कतार, कुवेतबाट उद्धार गरिनेछ । आज ५ सय यात्रु नेपाल ल्याइनेछ । नियमित उडान जापानबाट हुनेछ । मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, […]

उपत्यकामा भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेको काठमाण्डौका सहायक प्रमुुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी […]

आन्तरिक उडान सुरु गर्ने तयारी

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । यसको लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश […]