रामेछाप लिखुतामाकोशी गाउँपालिकाका ४ जना युवक पक्राउ

रामेछापको लिखुतामाकोशी गाउँपालिकाका ४ जना युवक पक्राउ परेका छन । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या गरेको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले बताउनुभयो । प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति करिडोरमा निस्किएका उनको मोबाइल चोरी गर्ने उद्देश्यले […]

रामेछापमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल

रामेछाप सदरमुकाम मन्थलीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल भएको छ । आज एक कार्यक्रमको आयोजना गरि जिल्ला जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तरकृया गरेको हो । सो अन्तरकृया कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा निर्वाचन आचारसंहिता […]

रामेछापको खाँडादेवीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको खाँडादेवी गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । हिजोदेखी सुरु भएको प्रतियोगिताको उद्धघाटन खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले गर्नुभयो । गाउँपालिकाभरीका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । खाँडादेवी माकादुममा रहेको श्री बिष्णु जनज्योति मा.वि. आगेटारको खेलमैदानमा प्रतियोगिता जारी छ । प्रतियोगितामा […]

रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउँदै

रामेछापको रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने भएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत नगरका २ सय ७ जना बेरोजगारहरुलाई रोजगारी दिन लागिएको प्रधानमन्त्रि रोजगार कार्यक्रम रामेछाप नगरका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । रामेछाप नगरपालिकाले प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत गत वर्ष ३ सय ३ जनालाई रोजगार दिएको थियो । यस […]

रामेछापका २३८ जनाले लगाए कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको तीनदिनमा रामेछापका २३८ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएको तेस्रोदिन मंगलबार जिल्ला अस्पताल रामेछापमा ५० जना र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ५० जना गरि १०० जनामा कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान […]

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गयराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका […]

आज दिउँसोका लागि बोलाइएको बाग्मती प्रदेशसभाको बैठक स्थगित

बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको हो ।बिहान ६ बजेर ३५ मिनेटमा सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिनुभएको छ । सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री […]

बैतडीका किशोरी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई आज सार्वजनिक गरिँदै

बैतडीका किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट रहेको बताइएको छ । कक्षा ११ मा अध्ययनरत ती युवक भागरथीको छिमेकीसमेत हुन् । उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको बलात्कार तथा हत्या […]

अग्रिम भुक्तानि गरेर भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतबाट खोप खरिदका लागि बाटो खुला गरेको छ । भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको […]

फोहोरमैला व्यवस्थापनमा प्रभावकारि बन्दै फोहोरमैला जलाउने चुलो

पछिल्लो समय बजार विद्यालय सावजनिक स्थल क्षेत्रमा दैनिक जसो निस्कने फोहोरमैला व्यवस्थापनमा सहज होस भन्ने उद्धेश्यले वातावरण संरक्षण परियोजनाले फोहोरमैला व्यस्यापन गर्नका लागि आवहन गरेको फोहोर जलाउने चुलो प्रभावकारि बन्दै गएको पाईएको छ । संस्थागत व्यत्तिगत, बजार क्षेत्र, विद्यालय, सार्वजनिक स्थलमा माग र आवश्यकताको आधारमा परियोजनाको सहयोग र टोलसुधार समिति, महिला समुह, युवा क्लव, वाल […]