देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ६९ जनाका पिसिआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय ६३ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सङ्क्रमित हुनेको सख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सख्ंया ४३ हजार २१३ पुगेको छ । आज देशभर एक हजार २८७ जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८२ हजार ३८२ सङ्क्रमित निको भइसकेका छन् ।

देशभर ६७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने सङ्क्रमितको संख्या ३ हजार २९८ पुगेको छ । सङ्क्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार