सरकारले अब कोरोना बीमा नगर्ने

सरकारले अब कोरोना बीमा नगर्ने

सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि पुरा भएकोले नयाँ बीमालेख जारी नगर्ने बीमा समितिले जनाएको छ । पहिलो बीमालेख चैतमसान्तमा सकिएको र दोस्रो बीमालेख असार मसान्तमा सकिन लागेकोले नयाँ बीमा नगर्न लागिएको हो ।

चैतमसान्तसम्म कोरोना संक्रमण भएर मागदाबी गरेका र प्रक्रिया पुरा भएकाहरुले भने भुक्तानी पाउने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिनुभयो । हालसम्म ६ अर्ब ६४ करोड ५२ लाख ७५ हजार बराबरको कोरोना बीमा प्रमाणित भएको समितिले जनाएको छ ।

१३ हजार ९ सय ६२ मागदाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरणका लागि पठाइएको छ । सरकारले थप रकम नदिएको भन्दै बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीमा ढिलाइ गरिरहेका छन् । कागजात पुरा भएपनि कोरोना बीमा पाउन कम्पनीहरुले सास्ती दिने गरेको आरोप सर्वसाधारणले लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार