रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पताल मन्थलीबाट पिसिआर परीक्षणका लागी पठाएको ३८ जनाको स्वामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा हालसम्म २६६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २८ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ । यि मध्ये २५ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा ४१ जना कोरोनाका सकृय संक्रमित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार