रामेछापमा जारी निषेधाज्ञामा थप कडाई

जिल्ला प्रशासन कार्यालय रामेछाले जिल्लामा दैनिक कोरोना संक्रमित थपिन थालेपछि जारी निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा सञ्चालित सरकारी तथा सार्वजनिक संस्थान अन्र्तगतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा आजबाट बन्द गरिएको छ । निषेधाज्ञा अवधिभर सरकारी तथा सार्वजनिक संस्थानका सवै कार्यालहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द पनि गरिएको रामेछाप प्रशासनले एक सुचना […]

कोरोना नियन्त्रणमा सरकार गम्भिर नभएको काँग्रेस सभापति देउवाको भनाइ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना सङ्क्रमण बढिरहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताउनुभएको छ । देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका […]

कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने बताउनुभएको छ । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताउनुभयो । कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ , राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म […]

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, गोपनीयताको शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । हिजो राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री […]

कोरोना संक्रमणबाट रामेछाप दिमिपोखरीका एक पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण एक पुरुषको मृत्यु भएको छ । आज बिहान ३ बजे जिल्लाको सुनापती गाउँपालिका–२ दिमिपोखरी निवासी ६३ बर्षका एक पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछाप जनाएको छ । बैशाख २६ गते कोरोना पोजेटिभ आएपछी उनी होम आईसोलेसनमा बसेका थिए । केहिदिन पछी स्वास्थ्यमा समस्या देखापरेपछी उनलाई उपचारको लागी […]

विभिन्न जिल्लामा निषेधाज्ञा थपियो

कोरोनाभाइरसका सङ्क्रमित थपिँदै गइरहेकोले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप गर्दै कडाइ गरिने भएको छ।सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको छ । सल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । यस्तै बाजुरामा जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ […]

काठमाडौंका अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको छ। हिजो मुख्य सचिवको कार्यकक्षमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजदेखि आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको हो । मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार मन्त्रालयले व्यवस्थापन मिलाउने सीसीएमसीका सहसचिव नुरहरी खतिवडाले जानकारी […]

अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः नेता थापा

प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आग्रह गर्नुभएको छ । उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य राजनीतिक दाउपेच छाडेर महामारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँ अब कोरोना सङ्क्रमित र सङ्क्रमणबाट ज्यान गुमाउनेको […]

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज दिउँसो सपथ

नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई गयराति प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने आज दिउँसो साढे […]

रामेछापमा थपिए ४४ जना कोरोना संक्रमित

रामेछापमा आज थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज उमाकुण्ड गाउँपालिकाका २१ जना, खाँडादेवी गाउँपालिकाका २१ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसिआर परीक्षणबाट २१ जना र एन्टिजेन्ट परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी […]