ज्योति अस्पतालमा रामेछापकी एक महिलाको मृत्यु

ज्योति अस्पतालमा रामेछापकी एक महिलाको मृत्यु

काठमाडौँको कालिमाटीस्थित ज्योति अस्पतालमा रामेछापकी एक महिलाको मृत्यु भएको छ । मृतक अनिता घिमिरेका आफन्तले भने अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

३ छोरीहरुकी आमा रहेकी अनिता पुनः गर्भवती थिइन् । तर, उनले असजिलो महशुस गरेपछि उनलाई आफन्तले ज्योति अस्पताल पुर्याएका थिए । अस्पतालले पेटमा पुनः छोरी रहेको जानकारी गराएपछि गर्भपतन गराउने योजनामा अनिता पुगेकी थिइन् ।

तर, अस्पतालले औषधि चलाउनासाथ अचेत भएपछि उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नगरार्य अस्पतालले हतार हतार बी एण्ड बी सारेको आफन्तको आरोप छ । ज्योति अस्पतालमै बिरामीको मृत्यु भएको भएपनि अस्पतालले ढाँटेको आफन्तको दाबी छ ।
२८ वर्षीया अनिता घिमिरे रामेछापको दोरम्बा गाउँपालिका ६ लखनपूरकी स्थायी बासिन्दा हुन् । उनका ३ छोरीमध्ये कान्छी छोरी जम्मा १५ महिनाकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार