नेपाली काँग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक

नेपाली काँग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक

नेपाली काँग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नामावली सार्वजनिक गरेको हो । केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण दर्ता गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली काँग्रेसको आधिकारिक साइटमा राखिएको हो ।

यसअघि १ सय १ स्थानको विवरण काँग्रेसले सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भए दिनका लागि पनि आग्रह गरिएको छ । नामबारे कुनै उजुरी भए असार ६ गतेसम्म दिन सकिने बताइएको छ । मोरङ, सुनसरी, सोलुखुम्बु, धनकुटा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लाका विभिन्न क्षेत्रको नामावली सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार