हायु समाज नेपालको महाधिवेशन सम्पन्न : लक्ष्मण हायु पुनः अध्यक्षमा निर्वाचित

हायु समाज नेपालको महाधिवेशन सम्पन्न : लक्ष्मण हायु पुनः अध्यक्षमा निर्वाचित

काठमाडौं । हायु समाज नेपालको महाधिवेशनले लक्ष्मण हायुलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षणका लागि थप सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको हो।

महाधिवेशनबाट प्रकाश हायु उपाध्यक्ष, सुजन हायु सचिव तथा विमला हायु कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो। त्यसैगरी सदस्यहरूमा ललिता हायु, पुष्पा हायु राई, रमेश हायु, गणेश हायु, कुन्दन हायु, युँबहादुर हायु तथा अरुणा हायु राई चयन हुनुभएको छ ।

पुनः अध्यक्षमा निर्वाचित भएपछि लक्ष्मण हायुले हायु समुदायको भाषा, संस्कृति, पहिचान र अधिकार संरक्षणलाई संगठनको मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले  समुदायको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सबै पक्षबीच सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

महाधिवेशनकै अवसरमा २०८३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका २५ जना हायु विद्यार्थीलाई सम्मान गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै आगामी दिनमा उच्च शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

यसैगरी, हायु भाषाको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणलाई प्रोत्साहन गर्ने उद्देश्यले भाषा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।

समुदायका अगुवा, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको महाधिवेशनले हायु समुदायको एकता, भाषा संरक्षण र सामाजिक विकासका विषयमा महत्वपूर्ण छलफल गर्दै आगामी कार्यदिशा तय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार