महुली लघुवित्तको १४औँ स्थापना दिवसमा वृक्षरोपण तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

महुली लघुवित्तको १४औँ स्थापना दिवसमा वृक्षरोपण तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औँ स्थापना दिवसको अवसरमा शाखा कार्यालय रामेछापडाँडा, रामेछापद्वारा श्री भूमेश्वरी आधारभूत विद्यालय, रामेछाप नगरपालिका–८, वादीमा वृक्षरोपण तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा रामेछाप नगरपालिका–८ का वडा अध्यक्ष श्री सन्तोष कुमार तामाङ, वडा सदस्य अर्जुन नेवा खड्गी, निवर्तमान वडा सदस्य जमुना हायु, नेपाल प्रहरी चौकी रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) श्री नन्दलाल साह, विद्यालयका प्रधानाध्यापक करुणा श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा धुपी ३६, तेजपत्ता १८ र मसला १२ गरी जम्मा ६६ वटा बिरुवा रोपिएको थियो। वृक्षरोपण अभियानले विद्यालय परिसरलाई हरियाली, स्वच्छ र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

सोही अवसरमा नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्र.स.नि. श्री नन्दलाल साह ले समुदाय र प्रहरीबीचको सहकार्य, सामाजिक सुरक्षा, नागरिक सचेतना तथा जिम्मेवारीबारे महत्वपूर्ण प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्री सन्तोष कुमार तामाङ ले वातावरण संरक्षण, शिक्षा र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्ने यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले विद्यालय, समुदाय र वित्तीय संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई राष्ट्रिय झण्डा, शैक्षिक सामग्री तथा क्यालेन्डर समेत वितरण गरेको थियो। साथै कार्यक्रममा वित्तीय अनुशासन, बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार तथा वित्तीय साक्षरतासम्बन्धी सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमको समापन गर्दै आयोजक पक्षले रोपिएका बिरुवाको संरक्षण विद्यालय परिवार तथा विद्यालय व्यवस्थापन समितिको प्रमुख जिम्मेवारी रहने र बिरुवाको अवस्थाबारे शाखा कार्यालयबाट नियमित रूपमा मासिक अनुगमन गरिने जानकारी दिएको छ।

वातावरण संरक्षण, शैक्षिक सहयोग, वित्तीय सचेतना र सामुदायिक सहकार्यलाई एकै सूत्रमा बाँध्न सफल यो कार्यक्रमले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्। महुली लघुवित्तको स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी समाज र भावी पुस्ताको हितमा समर्पित गरिएको यस अभियानले सकारात्मक परिवर्तनको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार