मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

 

मिथिला क्षेत्रमा महत्वपूर्ण छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् ।अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ ।

छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।

यो समय माटो तथा बाँसका सामग्री समेत खरिद गरिन्छ । जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ ।

छठ पर्व मनाउँदा चर्मरोग निको हुने, सन्तानलाभ हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । भोलिदेखि सुरु हुने छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार