७ औं राष्ट्रिय योग दिवस मनाइँदै

७ औं राष्ट्रिय योग दिवस मनाइँदै

आज ७ औं राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै छ । नेपालमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि यस वर्षको राष्ट्रिय योग दिवस भर्चुअल माध्यमबाट मनाउन लागिएको हो ।आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट दिवस मनाउन लागिएको जनाएको छ ।

योग दिवसको अवसरमा सबै जिल्लाहरूको आयुर्वेद कार्यालयमा योग गर्ने साथै भर्चुअल माध्यमबाट अन्र्तक्रिया पनि गरिने जडीबुटी औषधि एवं अनुसन्धान महाशाखाका प्रमुख कल्सटेन्ट विशेषज्ञ डा. सन्तोष कुमार ठाकुरले बताउनुभयो ।

‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मुल नाराका साथ यस वर्षको राष्ट्रिय योग दिवस मनाइँदै छ ।२०७२ साल साउन २८ गतेको बैठकबाट माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार