निशुल्क शिक्षाको व्यवस्था गर्ने उम्मेदवारलाई मतदान गर्ने युवा मतदाताको चाहना

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा उम्मेदवारहरू मत माग्दै घरघरमा पुगिरहेका छन् । राजनीतिक दलनिकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिररहेका छन् । रामेछापका युवा मतदाता भने निशुल्क शिक्षाको प्रतिवद्धता खोजिरहेका छन् । पहिलो पटक मतदान गर्न लागेका युवाहरू भने उत्साहित छन् । शिक्षा र रोजगारीमा केही सहुलियत पनि खोजिरहेका […]

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल र वेवसाइट, रेडियो टेलिभिजनमार्फत मतदातालाई सुसूचित गराउने काम भइरहेको उल्लेख गर्दै दुर्गम क्षेत्रमा मतदान हुनुअघिका दुई दिन मतदातालाई भोट हाल्ने तरिका बारेमा जानकारी गराइने बताउनुभयो ।

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ परीक्षार्थी सहभागी हुँदै

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ जना परीक्षार्थी सहभागी हुने भएका छन । जिल्लामा ३३ सय ४७ जना नियमित र ४२ जना ग्रेडवृद्धि तर्फका परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुने शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो । जिल्लामा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लामा २१ […]

यसवर्षको एसईई परीक्षामा ५ लाख भन्दाबढि परीक्षार्थी सहभागी हुँदै

यसवर्षको एसईई परीक्षामा ५ लाख भन्दाबढि परीक्षार्थी सहभागी हुने भएका छन् । शुक्रबारबाट हुने परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ गरि कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत […]

कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ । जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परिक्षा […]

गौरीशंकर माविले बस सेवा सुरू गर्दै,विद्यालयमा आईपुग्यो बस

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यालय बस सेवा सुरू गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन विद्यालय बस सन्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्ण मगरले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्दै टाढाटाढाका विद्यार्थीहरुको सहजताका लागी बस सेवाले टेवा पुग्ने उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक […]

कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने समय थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने समयसीमा पुनःथप गरेको छ । यसअघि बोर्डले गत माघ ७ गतेसम्म समयसीमा राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म थप गरेको थियो । बोर्डले दोस्रो पटक समय थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको […]

कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि हुने

कक्षा १२ को परीक्षा आउँदो जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो । भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । यस पटकको प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा […]

मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा छु : नगर प्रमुख बस्नेत

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । मन्थलीमा सञ्चालित समता स्कुलको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले जोड दिइरहेको समेत बताउनुभयो । नगरप्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोट(नाम सहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोटमा परेका छन । मन्थली नगरपालिकाबाट ९ वटा विद्यायल छनोटमा परेको छ । सेतीदेवी मावि सालु,मावि सिक्राल,जगदम्बा आ.वि चिउरीपानी,स्थानापती मावि बांगेसल्ला,शारदा मावि गेलु,रुद्राक्षेश्वर मावि मुगिटार,मन्थली मावि मन्थली,कालिका मावि पोखरी र भैरव मावि सुनारपानी रहेका छन । रामेछाप नगरपालिकाबाट ५ वटा विद्यायल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन […]