निर्वतमान अर्थमन्त्री खतिवडासहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडा सहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमानमुख्यसचिवलोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमासिफारिस गरेको थियो ।उहाँहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नामअनुमोदनहुनुपर्ने संवैधानिकव्यवस्था छ । आज बसेको सुनुवाई समितिको बैठकले तीनै […]

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार उदासिन भएको काँग्रेसको आरोप

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेको आरोप लगाएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति निकालेर सरकारले सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था समेत गर्न नसकेको बताउनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुलाई राख्ने समुचित आइसोलेसनको व्यवस्था सरकारले गर्न नसकेको पनि काँग्रेसको […]

ह्विप जारी गरेरै भए पनि प्रदेश ५ को राजधानी र नाम पारित गर्ने नेकपाको निर्णय ।।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थायी राजधानी र नामाकरणको प्रस्ताव पास गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले ह्विप जारी गरेरै भए पनि सरकारले ल्याएको प्रस्तावलाई पास गर्ने निर्णय गरेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । प्रदेश […]

कात्तिक ७ गतेदेखि कानुनबमोजिम क्लिनफिड लागु हुने प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ७ गतेदेखि कानुनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी […]

दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीचमा सहमति हुन नसक्दा मन्त्रीमण्डल हेरफेरमा ढिलाइ भएको छ । नेकपाको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने औपचारिक सहमति गरेको भएपनि क– कसलाई मन्त्री बनाउने भन्नेमा सहमति नजुट्दा मन्त्रीपरिषदका सदस्य हेरफेरमा ढिलाइ भएको हो । भागबण्डाका लागि मन्त्रालय टुक्र्¥याउनेदेखि राम्रा काम गरिरहेका मन्त्रीलाई फिर्ता बोलाउने सम्मको तयारी भइरहेको भएपनि औपचारिक निर्णय […]

मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे नेकपामा छलफल सुरु

नेपाल कम्युनिस्ट पार्टी नेकपामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आज बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिनसकेको छैन […]

राष्ट्रियसभा सदस्य वामदेव गौतमद्धारा सपथ ग्रहण

राष्ट्रियसभाको सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतमलाई आज राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभएको छ । […]

बामदेव गौतम राष्ट्रियसभामा सिफारिस

सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को हिजोको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । तत्कालीन अर्थमन्त्री समेत रहनुभएका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई […]

नेकपामा अध्यक्षद्वयको कार्यविभाजनमा प्रष्टता, सरकार सञ्चालनको पूरा जिम्मा ओलीलाई

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजनलाई प्रष्ट पारेको छ। हिजो बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अर्का अध्यक्ष प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित […]

अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीको खोजी सुरु

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनुभएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो । अर्थमन्त्री खतिवडाले आफूले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको […]