प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैहुनुहुन्छ । संघीय संसद भवनमा दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउनुहुनेछभने बहुमत ल्याउन नसके प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

यसैबीच आफ्नै पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष झलनाथ खनाल र माधवकुमार नेपालनिकट सांसदले प्रधानमन्त्री ओलीलाई आफूहरूले भनेअनुसार पार्टीलाई २०७५ जेठ २ अर्थात् माओवादी केन्द्रसँग एकताभन्दा अघिको अवस्थामा फर्काउन राजी नभए सामूहिक राजीनामा दिने बताइसकेका छन् ।

त्यसका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अहिले बिहान ९ बजेसम्मको अल्टिमेटम दिईएको छ । विश्वासको मत माग्नुअघि सहमति भएन र नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिए भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ।

त्यसपछिउहाँले पदबाट राजीनामा दिनुपर्नेछ । खनाल÷नेपाल पक्षका सांसदले हिजै राजीनामा दिने तयारी गरेका थियो। तर ओली पक्षको अनुरोधपछि उनीहरूले लामो छलफलपछि सहमतिका लागि आज बिहानसम्म पर्खने निर्णय गरेका हुन् । त्यसका लागि आज बिहान साढे ९ बजे खनाल÷नेपाल पक्षका सबै सांसदलाई सिंहदरबारमा बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार