ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज दिउँसो सपथ

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज दिउँसो सपथ

नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई गयराति प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने आज दिउँसो साढे दुई बजे हुनेछ। यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ओली पदमुक्त हुनुभएको थियो ।

राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

त्यो समयभित्र कसैको पनि दाबी पेस नभएको राष्ट्रपति कार्यालयले जनाएको छ।बहुमतीय सरकारका लागि कसैको दाबी पेस नभएपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबभन्दा ठूलो दलको नेताका रुपमा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार