पार्टीको मर्म अनुसार अघि बढे जिम्मेवारी दिइने एमाले अध्यक्ष ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढ्ने नेता कार्यकर्तालाई जिम्मेवारी दिइने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर आज बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँड्दा पनि कारबाही नगरेर सम्झाउने प्रयास […]

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन कहिले फिर्तालिने भन्ने अधिकार अध्यक्ष प्रचण्डलाइ दिने निर्णय गरेको हो । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष प्रचण्डले […]

मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 

नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति […]

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले २०७८ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी भित्ते पात्रो विमोचन तथा वितरण गरिएको हो । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवम तरुण दल रामेछाप नगरपालिकाका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा २०७८ सालको भित्ते पात्रो विमोचन […]

नेपाल समूहलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताउनुभएको छ । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताउनुभएको हो । कर्णाली प्रदेशमा नेपाल समूहले गरेको फ्लोर क्रसतर्फ सङ्केत गर्दै उहाँले माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको , अराजक, अस्थिर, अत्यन्त […]

कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ को समस्या समाधानका लागि सबै दलको सहयोग चाहिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभएको हो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मुख्यगरि ३ बिषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले […]

सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग काँग्रेसको माग

काँग्रेसले कोरोना भाइरस सङ्क्रमण भयावह हुन नदिन आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । काँग्रेसको कोभिड १९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले  विज्ञप्ति जारी गर्दै गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता तयारी गर्न माग गर्नुभएको हो । […]

नयाँ वर्ष २०७८ः राष्ट्रपति सहित विभिन्न शिर्ष व्यक्तित्वको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गर्नुभएको छ । उहाँले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित […]

आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर […]

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् । माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् । गत पुस १० […]