पहिरोले अवरुद्ध सडक खुलाउन प्रहरीको सक्रियता
जिल्ला प्रहरी कार्यालय रामेछापले पहिरोका कारण अवरुद्ध बनेको सडक तत्काल खुलाउँदै सवारी आवागमनलाई पुनः सहज बनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–६ अन्तर्गत मन्थली–गाल्पा सडक खण्डमा माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोसँगै ढुंगा र रुख सडकमा खसेपछि सवारी साधनको आवागमन प्रभावित बनेको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली […]

