ओखलढुंगाकी १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छन । उनलाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३ जना पक्राउ परेका छन् । गएको २४ गतेको घटनालाई लिएर पीडितकी दिदीको उजुरीको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु १५, १७ र १९ वर्षीय किशोरहरु रहेका छन् । पीडित र पीडक […]

रामेछाप लिखुतामाकोशीका १ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका पुरुषको मुत्यु भएको छ । सोमबार छाउनी अस्पतालमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । नेपाली सेनामा कार्यरत मृतक क्यान्सर रोगबाट पिडीत थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएदेखि नै छाउनी अस्पतालको आईशोलसनमा राखेर उपचार […]

उमाकुण्ड गाउँपालिकाले खर्च गर्यो कोरोना रोकथामका लागि ६७ लाखभन्दा बढी

रामेछापको उमाकुण्ड गाउँपालिकाले कोरोना संक्रमण रोकथाम , नियन्त्रण र व्यवस्थापनमा ६७ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ । कोरोना संक्रमण रोकथाम , नियन्त्रण र व्यवस्थापनमा गाउँपालिकाले हालसम्मको अवद्यिमा यतिको रकम खर्च गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र पैकडाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा अलपत्रमा परेका नागरिकहरुको उद्धार […]

ईरामेछाप अर्थतन्त्र तथ्यचित्र : रामेछापका कुन कुन वडामा कति कति व्यवसायहरु छन् ?

केन्द्रिय तथ्यांक विभागले २०७५ सालमा दुई महिना लगाएर नेपालमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरेको थियो । यसको विस्तृत प्रतिवेदन भने विभागले भर्खरै केहि समय अघि मात्र प्रकाशन गरेको छ । उक्त प्रतिवेदन अनुसार नेपाल भरी ९ लाख २३ हजार ३ सय छपन्न व्यवसायिक संस्थाहरुले ३२ लाख २८ हजार ४ सय सन्ताउन्न जनालाई रोजगारी दिएको […]

रामेछापका १ सहित कोरोना सङ्क्रमणबाट एकैदिन १९ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट रामेछाप जिल्लाका १ जनाको पुरुषको मृत्यु भएको छ । रामेछाप जिल्ला घर भएका उक्त मृतक पुरुषको पुरा विवरण संकलनको काम भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ । हिजो एकैदिन देशका […]

असोज पाँच गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात सञ्चालन हुने

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड सहित असोज ५ गतेबाटसार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन […]

लिखुतामाकोशी गाउँपालिकाले खर्च गर्यो कोरोना रोकथामका लागि २७ लाख

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा २७ लाख खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा सो बराबरको रकम खर्च गरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय प्रकाश रायले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिदमा लगभग १७ […]

कोरोना रोकथामका लागि दोरम्बा गाउँपालिकाको खर्च १५ लाख

रामेछापको दोरम्बा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा जम्मा १५ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणको नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा १५ लाख रुपैयाँ बराबरको रकम खर्च गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट ९ लाख रुपैयाँ खर्च गरिएको दोरम्बा गाउँपालिकाले जनाएको छ । […]

रामेछापका थप २ पुरुषमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज रामेछाप जिल्ला घर भएका तर हाल काठमाडौमै बसोबास गर्दै आएका थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय रामेछापले जानकारी दिएको छ । रामेछापको खाँडादेवी गाउपालिका वडा नम्बर ३ का ५३ वर्षका पुरुष र दोरम्बा गाउँपालिका वडा नम्बर ४ का २० वर्षका पुरुषमा […]

देशभर गरिएको परीक्षणमा थप एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप एक हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा नौ हजार एक सय ६५ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार एक सय ५९ पुगेको छ । त्यसैगरी आइतबार ११ सय […]