रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ३४ जनामा कोरोना संक्रमण देखिँदा रामेछाप नगरपालिकाका २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

अरु स्थानिय तहहरुमा क्रमश उमाकुण्ड गाउँपालिकामा २ जना , खाँडादेवी गाउँपालिकामा १ जना , गोकुलगंगा गाउँपालिकामा २४ जना , दोरम्बा गाउँपालिकामा २ जना , लिखु तामाकोशी गाउँपालिकामा १७ जना , सुनापति गाउँपालिकामा २ जना र जिल्ला अस्पतालमा ७ जना गरी १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जिल्लामा अहिले ४४ जना सकृय संक्रमितहरु रहेका छन । उनिहरुको जिल्लाको विभिन्न ठाउँमा उपचार भईरहेको छ । जिल्लामा धेरैले कोरोनालाई जितेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार