रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिदै

रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिदै

नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाकाबाट धमाधम चिनीया सामान नेपाल भित्रिरहेका छन् । गत सातादेखि रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिक रूपमा नेपाल भित्रिने क्रम बढेको हो । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकामा नेपाल भित्रिने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेका छन् ।

गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्क बापत हालसम्म ५० करोड रुपैयाँ भन्सार राजश्व असूल भएकोे छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले हाल सामान नेपाल आइरहेको बताउनुभयो । भन्सार परीक्षणका लागि दैनिक आठ ÷दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको छ । सामग्री लोडअनलोड कार्यका लागि ३२ भरिया र रसुवागढीबाट टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ ।

कोभिड –१९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ । कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको छ ।चिनियाँ मालवाहक गाडीले केरुङदेखि नेपालसम्म नै सामान ल्याउन थालेका छन् । चिनियाँ गाडीले चीनको स्वशासित क्षेत्र तिब्बतको पाङसिङबाट सिधै नेपालसम्म सामग्री आयात गर्न थालेका हुन् ।कोभिड–१९ का कारण यसअघि चिनियाँ गाडीले मितेरी पुल पर नै सामान झारेर फर्कने गरेका थिए । जसका कारण सामान लोड–अनलोड गर्न झन्झट हुने, लामो समय लाग्ने र सामान पनि कम आयात हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार