ग्लोबल आइएमई लघुवित वितिय संस्थाद्वारा विमा वापतको १ लाख ८३ हजार हस्तान्तरण

ग्लोबल आइएमई लघुवित वितिय संस्थाद्वारा विमा वापतको १ लाख ८३ हजार हस्तान्तरण

ग्लोबल आइएमई लघुवित वितिय संस्था लिमिटेड रामेछापले आफ्ना एक सदस्यको जिवन विमा वापतको रकम १ लाख ८३ हजार विमितको परिवारजनलाई हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई लघुवित वितिय संस्थाको समूहमा बसी ऋण तथा बचत कारोवार गर्दै आएका सदस्य रामेछाप नगरपालिका वडा नम्बर २ का नानीमैया सार्कीको मृत्यु भएपछि निजको विमा वापतको रकम उनको श्रीमान खेटे सार्कीलाई भुक्तानी गरिएको संस्थाका प्रबन्धक उत्तब बाबु श्रेष्ठले जानकारी दिनुभयो । प्रबन्धक श्रेष्ठका अनुसार मृतक सार्कीको परिवारलाई १ लाख ८३ हजार रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । वडा नम्बर २ का वडाअध्यक्ष निर बहादुर श्रेष्ठको रोहबरमा रकम हस्तान्तरण गरिएको हो । विमा रकम पाउनेले विगत ५ वर्ष देखि ग्लोबल आइएमई लघुवित वितिय संस्थासंग आवद्ध भई कारोवार गर्दैै आएका थिए । हाल ग्लोबल आइएमई लघुवित वितिय संस्था लिमिटेडको देशैभरि ६८ शाखाहरू रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार