नेपालमा हाल सम्म ७७ हजार २७७ जना सङ्क्रमणमुक्त

नेपालमा हाल सम्म ७७ हजार २७७ जना सङ्क्रमणमुक्त

नेपालमा हाल सम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ७७ हजार २७७ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको र यो संगै नेपालमा कोरोना हुनेको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । यससँगै कुल सङ्क्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । हाल देशभर ३३ हजार ८८० सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित मध्ये ६४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार