काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालकोभिड अस्पतालमा रुपान्तरण

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालकोभिड अस्पतालमा रुपान्तरण

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको छ ।

यस्ता होटलमा सङ्क्रमित बाहेक अरुलाई राख्न भने पाइने छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना सङ्क्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार